समिक्षा पोखरेल अभिनित कमल खत्रीको ‘याद’ सार्वजनिक (भिडियो)

Sky Dainik बुधबार, मंसिर १०, २०७७

गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा गीतकार सुदीप लम्सालको शब्द र स्वयम खत्रीको संगीत रहेको गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्।श्रीमानले आफ्नी दिवंगत पत्नीको यादमा गाएको कथा समेटिएको म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको देख्न सकिन्छ। पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्