विश्वासको मत लिने प्रस्ताव अस्वीकृत, प्रधानमन्त्री ओली पदमुक्त

Sky Dainik सोमबार, बैशाख २७, २०७८

२७ वैशाख,  काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदले विश्वासको मत नदिए पछि ओली पदमुक्त भएका छन् ।नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत दिनैपर्ने उहाँको भनाइ थियो । वर्तमान सरकारले विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

अहिलेको सरकारले शान्ति र सुव्यवस्थाको अवस्था राम्रो बनाएको भन्दै सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हो भने सबैले अहिलेको सरकारलाई विश्वास दिनुपर्ने उहाँको भनाइ रहेको थियो र आफूमाथि प्रतिनिधिसभाको पुर्ण विश्वासका साथ राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्