Sky Dainik शुक्रबार, भाद्र ०४, २०७८

काठमाडौं,भदौ ४। गत २४ घण्टामा देशभर थप तीन हजार ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार १० हजार पाँच सय ३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार एक सय २४ नमुनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
सो अवधिमा थप २६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ५५ पुगेको छ ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार दुई सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार पाँच सय ४३ पुगेको छ ।
हाल देशभर ४० हजार तीन सय नौ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सक्रिय संक्रमितमध्ये ३६ हजार नौ सय २२ जना होम आइसोलेसनमा रहेका छन् ।