Sky Dainik शुक्रबार, भाद्र ०४, २०७८

काठमाडौं,भदौ ४। माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको दलको नाम नेकपा एमाले (समाजवादी) को नाम फेरिने भएको छ ।नेकपा एकीकृत समाजवादी नाम राख्न निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो ।
गत बुधबार मात्र नेकपा एमालेबाट अलग भएको माधव नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।तर यसअघि नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिंदा नाम पनि फेरिए सँगै नेकपा एकीकृत समाजवादी नाम प्रस्ताव गरिएको छ भने ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर एक सय १५ पुर्याइएको छ ।