Sky Dainik बिहिबार, भाद्र ०३, २०७८

काठमाडौं,भदौ ३। गत २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ११ हजार नौ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार तीन सय २१ जना र ४ हजार चार सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार दुई सय २८ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ३३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय २९ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप दुई हजार एक सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार दुई सय ९९ पुगेको छ ।
यससँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार पाँच सय जना रहेका छन् । सक्रिय संक्रमितमध्ये ३७ हजार एक सय १४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार तीन सय ८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये सात सय ३९ जना आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।