Sky Dainik बुधबार, भाद्र ०२, २०७८

काठमाडौं,भदौ २। बितेको २४ घण्टामा देशभर थप ३ हजार चार सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ११ हजार आठ सय ३९ पीसीआर परीक्षणमा २ हजार ६ सय १३ र ४ हजार नौ सय ९९ एन्टिजेन परीक्षणमा ७ सय ९० जना गरी कुल ३ हजार चार सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार थपिए सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १७ हजार पाँच सय ३० पुगेको छ ।
यससँगै सो अवधिमा कोरोना सङ्क्रमणका कारण ४२ जनाले ज्यान गुमाएका छन् भने योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ९६ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार एक सय चार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार एक सय ७३ जना पुगेको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार तीन सय ३८ रहेको छ ।