अध्यादेश जारी गरेसँगै नेपाल समूहलाई नयाँ दल बनाउने बाटो खुल्यो, पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने

Sky Dainik बुधबार, भाद्र ०२, २०७८

काठमाडौं,भदौ २। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समुहलाई नयाँ दल बनाउने बाटो खुलेको छ ।

आज बुधबार बिहान देखि बानेश्वरस्थित एक होटलमा आफ्ना पक्षका सांसद तथा केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका नेता नेपाल दिउँसो संवाददाताहरूसँग कुरा गर्दै नयाँ पार्टी दर्ता गर्न सबै तयारी भइसकेको बताएका हुन्।

माधव नेपाल समूहले आफुहरुको पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ भने यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

यस्तै नेपालले नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरेका छन् ।

नेता नेपालले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने र आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने समेत उल्लेख गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्