राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

Sky Dainik बुधबार, भाद्र ०२, २०७८

काठमाडौं,भदौ २। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दिउँसो १ः१० यो अध्यादेश जारी गरेको हो ।

हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश सिफारिस गरेको थियो । उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ ।

अध्यादेशबाट एमालेको माधवकुमार नेपाललाई दल विभाजन गरेर अर्को दल गठन गर्न सजिलो हुने बताइए पनि तत्काल माध्व नेपाल समूहलाई सङ्ख्या भने पुग्न नसकिने जनाइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

यसअघि कम्तीमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगेमात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्