संघीय संसदका दुवै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

Sky Dainik सोमबार, साउन ३२, २०७८

काठमाडौं,साउन ३२। आज सोमवार राति १२ बजेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो ।

सरकारको सिफारिसका आधारमा राष्ट्रपति कार्यलयले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेको छ । राष्ट्रपति कार्यालयबाट सङ्घीय संसद्लाई पठाइएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाए सँगै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका छन् ।

यस्तै यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउनको ३ गते अधिवेशन सुरु भएको थियो ।

संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको सापकोटाले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्