एकै दिन थपिए ४ हजार ९०४ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु

Sky Dainik मंगलबार, साउन २६, २०७८

काठमाडौं,साउन २६। पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार नौ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३ हजार दुई सय १७ जनाको पीसीआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन गरी १९ हजार एक सय २३ जना नमुना परीक्षण गर्दा चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९१ हजार नौ सय १० जना पुगेको छ ।

सो अवधिमा कोरोना सङ्क्रमणका कारण थप ३५ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ५० जना पुगेको छ ।

यस्तै थप दुई हजार एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार एक सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार तीन सय ३२ जना रहेका छन् । जसमध्ये ३३ हजार नौ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार तीन सय ४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्