Sky Dainik बिहिबार, साउन २१, २०७८

काठमाडौं,साउन २१। पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाले ज्यान गुकाएका छन् । यसअघि बुधबार ३५ र मंगलबार २४ जना कोरोना संक्रमितले संक्रमणका कारण ज्यान गुमाएका थिए ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर तीन हजार नौ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ११ हजार आठ सय ७० पीसीआर र ६ हजार पाँच सय ३८ एन्टिजेन गरी १८ हजार चार सय आठ नमुना परीक्षण गर्दा तीन हजार नौ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा थप दुई हजार १२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।
हाल नेपालमा ३४ हजार चार सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय १३ जनाको आईसीयू र एक सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार दुई सय ७७ जनाले पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् भने २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् ।