Sky Dainik बिहिबार, साउन २१, २०७८

काठमाडौं,साउन २१। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा नेता भीम रावल उपस्थित भएका छन् ।
आज बिहिबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल उपस्थित भए सँगै नेपाल पक्षीय बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य भौतिक रुपमै सहभागी भएको माधव नेपाल पक्षको सचिवालयले जनाएको छ भने १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी रहेको छ ।
बैठकमा नेता रावल उपस्थित हुँदा सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने अनुपस्थित भएका छन् । यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् ।
यस्तै नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्