Sky Dainik बुधबार, साउन २०, २०७८

काठमाडौं,साउन २०। पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार तीन सय ५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार नौ सय ७५ जना र ४ हजार नौ सय ४४ जनाको एन्टीजेन परीगक्षण गर्दा १ हजार एक सय ३२ जना गरी ४ हजार एक सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा थप ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय ५७ पुगेको छ ।
बुधबार संक्रमित थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै एक हजार दुई सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा नौ सय आठ जना, भक्तपुरमा दुई सय ६ जना र ललितपुरमा एक सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने योसहित निको हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६ सय ५१ पुगेको छ ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार चार सय ६४ जना रहेका छन् । जसमध्ये ३० हजार दुई सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार एक सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये सात सय १४ जना आईसीयू र एक सय ५६ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।