गाडी, तलब भत्ता र आवासको सुविधा नलिने : राज्यमन्त्री श्रेष्ठ

Sky Dainik सोमबार, साउन १८, २०७८

काठमाडौं,साउन १८। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने बताएका छन् ।

राज्यमन्त्री श्रेष्ठले सोमबार आफ्ना १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा सेवा बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने घोषणा गरेका हुन् ।

यससँगै राज्यमन्त्री श्रेष्ठले आफु राज्यमन्त्रीमा रहँदासम्म आफ्ना कुनै पनि व्यापारिक संस्थाको पदमा नरहने घोषणा गरेका छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा गएको साउन १० गते श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्