Sky Dainik मंगलबार, साउन १२, २०७८

काठमाडौं,साउन १२। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१७ हजार पाँच सय १८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार सात सय २६ जना र एन्टिजेन विधिबाट १ हजार एक सय ७३ जना गरी ३ हजार आठ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ भने हालसम्म ९ हजार सात सय ५८ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
यस्तै सो अवधिमा १ हजार सात सय ७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् ।
हालसम्म ३४ लाख ६२ हजार तीन सय ४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६ सय ७० जनाले दुवै डोज खोप लगाएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्