Sky Dainik मंगलबार, साउन १२, २०७८

काठमाडौँ,साउन १२। पूर्वसभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतले पनि सफाइ दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्दै महरालाई जबर्जस्ती करणी उधोग मुद्दाबाट सफाइ दिएको हो ।
सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्