Sky Dainik सोमबार, साउन ११, २०७८

काठमाडौं,साउन ११। सरकारले विदेश जान चाहने नागरिकलाई कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गरे अनुसार अब विदेश जाने इच्छुक नागरिकहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ। तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने अनिवार्य देखाउनुपर्ने बताइएको छ।
यस्तै यसअघि भने विदेश जानेहरूका लागि सबै केन्द्रबाट खोप दिदै आएको थियो। तर यसअघि सञ्चालन भइरहेको खोप केन्द्रमा खोप लगाउने कार्य सकिएकाले विदेश जानेहरूका लागि खोप उपलब्ध गराउन अस्पताल तोकिएको हो।
यससँगै पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई खोप अनिवार्य गरेको हुनाले र साथै, खोप लगाउँदा विदेशमा क्वारेन्टिनमा बस्नु नपर्ने भएकाले अहिले खोप लगाउनेको संख्या बढेको छ।