१७ हजार ३ सय ८ जनाको नमुना परीक्षण गर्दा थप २ हजार नौ सय ७७ जनामा कोरोना पुष्टि, १८ जनाले ज्यान गुमाए

Sky Dainik शुक्रबार, साउन ०८, २०७८

काठमाडौं,साउन ८। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार नौ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालय अनुसार १७ हजार तीन सय ८ जनाको नमुना परीक्षण गरेमध्ये १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ८२ जना र तीन हजार ६ सय १० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नौ सय ९५ जना गरी दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३० हजार एक सय ४६ जना पुगेको छ ।

यस्तै थप एक हजार ६ सय ७८ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३९ हजार तीन सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् भने योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ७९ पुगेको छ ।

हाल नेपालमा २७ हजार ६ सय ६१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ८२ जनाको आईसीयू र एक सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्