Sky Dainik सोमबार, साउन ०४, २०७८

काठमाडौं,साउन ४। नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकको शुभारम्भमा बोल्दै उनले रावलले हतारिएर केही सल्लाह नै नगरी राजीनामा दिएको बताएका छन् ।
पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले प्रतिकार गरेको हुनाले रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताएका हुन । सकिने भए अझै पनि राजीनामा फिर्ता लिन रावल माथि ओलीको आग्रह रहेको छ ।
भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाएको ओलीले बताएका छन् । यस्तै १० बुँदे सहमति माधव नेपालले अस्वीकार गरेको अध्यक्ष ओलीले बताए ।
यस्तै एमाले उपाध्यक्ष रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।