Sky Dainik आइतबार, साउन ०३, २०७८

काठमाडौं, साउन ३। सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको पहिलो बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरू भएको छ। उक्त बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थिति भएका छन्।
यसअघिको पुनर्स्थापित प्रतिनिधि सभामा पनि ओली बैठक बस्नुअघि र पछि संसद् भवनमा आए पनि उनी बैठकमा भने बस्ने गरेका थिएनन्।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् ।
यस्तै सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्