Sky Dainik आइतबार, साउन ०३, २०७८

काठमाडौं,साउन ३। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एक्लै परे पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अपिल गरेका छन्।
च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। तर नेपालले आफू एक्लै परे पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने अडान राखेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्ट पारेका छन्।
नेता ज्ञवालीका अनुसार आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएका छन्। उनले भने ‘हामी प्रतिपक्षमा बस्छौं। तर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदैनौं,
आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावका सन्दर्भमा केन्द्रित रहेको थियो। र नेता ज्ञवालीका अनुसार आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता भएको थियो।
उक्त भेटमा नेता नेपालले एक्लै भए पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएका छन्। नेपालका अनुसार आफूले एक्लै भए पनि वा एउटा बिन्दुमा पुगिसकेको हुनाले आफूले विश्वासको पक्षमा मत हाल्ने अपिल गरेका छन्।
यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् एमाले एकता कार्यदल सदस्य शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले बनाएको १० बुँदे प्रतिवेदनमा अहसमति जनाएको सार्वजनिक गरेका छन्।