Sky Dainik शुक्रबार, साउन ०१, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार नौ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
१४ हजार एक सय ८२ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ६ र एन्टिजेन विधि मार्फत गरिएको परीक्षणमा ९ सय ३० जना गरि २ हजार नौ सय ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४३ जनाले ज्यान गुुमाएका छन्। योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार पाँच सय ६ पुगेको छ।
यस्तै मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ हजार सात सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार दुई सय ४३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेश १ मा सात सय ५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा सात सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। र यस्तै गण्डकीमा दुई सय १८, लुम्बिनीमा एक सय ३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।