थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७५७ जना निको

Sky Dainik बिहिबार, आषाढ ३१, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार छ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार सात सय ६८ जना नमुना परीक्षण गरेमध्ये ८ हजार दुई सय ५६ जनाको पीसीआर परीक्षणमा १ हजार सात सय ८२ र ४ हजार पाँच सय १२ जनाको एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी २ हजार छ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार सात सय ५७ जना संक्रमणमुक्त भएका छन् भने योसहित नेपालमा संक्रमण निको हुनेको कुल संख्या ६ लाख २६ हजार चार सय ६८ पुगेको छ। हाल नेपालमा संक्रमण निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय ६३ पुगेको छ ।

हाल नेपालमा २६ हजार ६ सय ३९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्