काठमाडौं उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्ब्याइयो, पसल बेलुका ७ बजेसम्म खोल्न पाइने

Sky Dainik बिहिबार, आषाढ ३१, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा लम्ब्याइने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरे सँगै पसल खोल्ने समय एक घण्टा थप गरेको छ।

यस्तै असार ३१ गतेसम्म लगाइएको निषेधाज्ञामा सबै पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन हुँदै आइरहेका छन् भने अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभएको छ।

यस्तै उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेका छन्। आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ।

साउन १० गते सम्म म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने निर्णय भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्