माधव नेपाल माथि ओलीको चर्काे आलोचना – नेपाललाई एमालेमा ठाउँ छैन

Sky Dainik बुधबार, आषाढ ३०, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमा ठाउँ नभएको चर्को आलोचना गर्नु भएको छ।

सर्वोच्च अदालतको फैसला पछि प्रधानमन्त्री पद गुमी सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका निर्वतमान प्रधानमन्त्री ओलीले गल्ती र कमीकमजोरी सच्याएर आउनेलाई पार्टीमा काम गर्ने मौका दिए पनि माधव नेपाललाई स्वीकार गर्न भने नसकिने उल्लेख गर्नु भयो।

ओलीले आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम् हराएका मानिसहरू भन्दै उहाँलाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणा गर्नु भएको छ। ‘माधव नेपाल जस्ता लाजसरम हराएका मान्छेहरूलाई एमालेमा ठाउँ छैन, अरूले आत्मालोचना गरे भने पार्टीमा भित्र्याउन सकिन्छ तर माधव नेपाललाई पार्टीको कुनै जिम्मेवारी दिन सकिन्न’, ओलीले भन्नुभयो ।

नेता नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको पनि उहाँको भनाइ रहेको थियो। साथसाथै प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रममा नेता नेपाल उपस्थित भएकोमा ओलीले आलोचना गर्नु भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्