झन्डै ४१ महिनापछि नारा–जुलुससहित ओलीले छाडे बालुवाटार निवास

Sky Dainik बुधबार, आषाढ ३०, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै ४१ महिनापछि सरकारी निवास बालुवाटार छाड्नु भएको छ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भई आज बिहान साढे ११ बजेतिर बालुवाटार छाड्नु भएको हो।

ओलीको विदाईमा दर्जनौं सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरेका छन् । ओली बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा–जुलुस लगाइएको थियो।

ओलीको कार्यकर्ताहरुले हर्न बजाएर सवारी चलाई नाराबाजी लगाउनुका साथै उनिहरुले गाडीमा केपी ओलीको डमी समेत बोकेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्