Sky Dainik मंगलबार, आषाढ २९, २०७८

२९ असार, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आन्दोलनमा उत्रिएका पाँच विद्यार्थी संगठनले बुधबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने घोषणा गरेका छन्।
उनीहरुले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० गते देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न भनेको छ।
यस्तै ध्यानाकर्षणको अवज्ञा गरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एसोसियसन नै हुने उनीहरूले चेतावनी दिदै जनताको ढाड सेक्नेगरि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग समेत गरेका छन्।
यहाँ कमेन्ट गर्नुहोस्