थप २ हजार ३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

Sky Dainik मंगलबार, आषाढ २९, २०७८

२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार तीन सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ नमुनामा गरिएको पीसीआर परीक्षणमा १ हजार छ सय ३९ र ३ हजार नौ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय ५९ जना गरी २ हजार तीन सय ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख तीन हजार आठ सय ५६ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप २ हजार ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २३ हजार एक सय पाँच पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय १२ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका एक सय ४२ जना कोरोना संक्रमित भेटिएका छन्।

नेपालमा हालसम्म २६ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्