शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, आजै ६ बजे शपथ गराउने तयारी

Sky Dainik मंगलबार, आषाढ २९, २०७८

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ। त्यसैगरी मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

सर्वोच्च अदालतले हिजो प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई मंगलबार अपरान्ह ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्