२४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि, १ हजार १३३ जना संक्रमणमुक्त

Sky Dainik सोमबार, आषाढ २८, २०७८

२८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार तीन सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ७ हजार छ सय ८९ जनाको पीसीआर परीक्षणमा १ हजार छ सय ९० जना र ३ हजार आठ सय ९५ जनाको एन्टिजेन विधि मार्फत परीक्षण गर्दा छ सय ८० गरी २ हजार तीन सय ७० जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५७ हजार एक सय ३९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ हजार तीन सय १९ जना गरी कुल सात लाख एक हजार चार सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरि बितेको २४ घण्टामा थप १ हजार एक सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म नेपालमा ६ लाख २१ हजार २७ जना संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार चार सय जना पुगेका छन्।

हाल देशभर २६ हजार सात सय १२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्