९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

Sky Dainik आइतबार, आषाढ २७, २०७८

२७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार आठ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय १८ जनाको नमुना परीक्षण गरे मध्ये ५ हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षणमा १ हजार दुई सय ३७ जना र ३ हजार छ सय ८३ जनाको एन्टिजेन परीक्षणमा ५ सय ९४ गरी १ हजार आठ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३ सय ९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २ सय ६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जनामा पोजेटीभ देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि बितेको २४ घण्टामा १ हजार पाँच सय ३३ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय ८२ पुगेको छ ।

हाल नेपालमा २६ हजार एक सय ७३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्