कोपा अमेरिका फाइनलमा अर्जेन्टिनाले पहिलो उपाधि जित्न सफल

Sky Dainik आइतबार, आषाढ २७, २०७८

काठमाडौं । बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र उनको देश अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आज बिहान भएको उपाधि भिडन्तमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्न सफल भएको छ । क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो खेलेता पनि १९९३ यता अर्जेन्टिना र मेसी अभागी सावित हुदै आएका थिए ।

सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो । विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिनाले फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा पनि बिजेता हासिल गर्न सकेन।

त्यसैगरि लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित हुन पुग्यो । अर्जेन्टिना समूह बाँकी खेलमा सानदार जित हात पार्दै फाइनल पुगेको टोली थियो, तर फाइनलमा फेरि तेस्रो पटक मेसीकै कप्तानीमा चुक्यो र त्यस कारण मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल छाड्ने निर्णय लिएका थिए।

मेसीले सन् २०१६ मा संन्यास घोषणा गरेपछि उनलाई फुटबलमा फर्काउन समर्थकले अभियान नै थालेको हुनाले त्यसको एक सातापछि उनले संन्यास फिर्ता गरेका थिए। मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन् उनले खेलेका १५१ खेलमा ७६ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्