Sky Dainik शुक्रबार, आषाढ २५, २०७८

काठमाडौं । बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र नेमार आइतबार हुने कोपा अमेरिकाको फाइनलमा एकापसमा भिड्दैछन् ।
यस्तै ६ पटकका बालोन डे ओर विजेता मेसी चौथो पटक कोपा अमेरिका फाइनल खेल्दैछन् । ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन् । ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपामा भने मेसीले आफ्नो टिमको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
अहिलेसम्म हेर्ने हो भने फाइनलले मेसीलाई निराश बनाइरहेको छ । तर पनि ३४ वर्षीय मेसीका लागि यो अन्तिम कोपा हुन सक्नेछ भने अर्को वर्ष हुने विश्वकप अन्तर्राष्ट्रिय फुटबलमा उनको लागि अन्तिम हुन सक्नेछ ।
मेसीले यसअघि सन् २००७, २०१५ र २०१६ को कोपा फाइनल हारेका थिए भने यस्तै २०१४ को विश्वकपमा पनि फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो । अधिकांशको भनाइ अनुसार अर्जेन्टिनाका लागि केही जित्नु नै मेसीको लागि बाँकी रहेको व्यावसायिक लक्ष्य हो र उनलाई यो लक्ष्य पूरा गर्नबाट रोक्ने बताउँछन् ।
अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानीले बताए अनुसार दुई सुपरस्टार खेलाडी शनिबार फरक टिमबाट मैदान उत्रिँदा यो खेल दुई हेभिवेट्सको बीच क्लासिक खेल हुनेछ । उनका अनुसार एटरनल राइभल विरुद्ध फाइनल खेल्न गइरहेका साथै यो खेल उत्कृष्ट हुने बताउँछन् ।
त्यसैगरि यसपटक कोपामा यी दुई टिम सबैभन्दा बलिया देखिएका छन् ।