काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो

Sky Dainik मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो गरिएको छ । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार १४ गते मध्यरातसम्म गर्ने निर्णय गरेको थियो ।

थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ । आजदेखि नीजि सवारीसाधन जोरबिजोर प्रणालीको आधारमा सञ्चालन गर्न पाइनेछ ।

यस्तै सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइनेछ । यस्तै सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान पाइने पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइनेछ ।

त्यस्तै बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना गरी खोल्न पाइने भएको छ । यस्तै तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । उपत्यकामा गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा सोमबारबाट सकिँएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्