२४ घण्टामा २ हजार चार सय ४२ जनामा कोरोना पुष्टि, ५१ जनाको मृत्यु

Sky Dainik आइतबार, आषाढ ०६, २०७८

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टाामा नेपालमा थप २ हजार चार सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयका अनुसार ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार चार सय ५६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ५६ हजार सात सय ९८ पुगेको छ ।

योसँगै पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार सात सय २६ जनाको ज्यान गएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्