Sky Dainik शुक्रबार, आषाढ ०४, २०७८

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार सात सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार पाँच सय ५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार नौ सय ६३ जना र ५ हजार चार सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय पाँच जना गरी २ हजार सात सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोहि अवधिमा ४ हजार २० जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या पाँच लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६ सय ४१ पुगेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्