Sky Dainik बिहिबार, आषाढ ०३, २०७८

३ असार, काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार एक सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै थप २ हजार छ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार सात सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार सात सय ६८ र ४ हजार सात सय ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३९ गरी २ हजार छ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ८ हजार पाँच सय ९७ पुगेको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १५ हजार नौ सय ८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ र हालसम्म नेपालमा ४ लाख ४५ हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्