Sky Dainik शनिबार, जेठ २९, २०७८

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार तीन सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस्तै ८ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार तीन सय ८२ जना र ५ हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार दुई जना गरी ३ हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा नेपालमा थप ६१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार तीन सय ६६ पुगेको छ भने हालसम्म ५ लाख २७ हजार एक सय ११ जनामा कोरोना संक्रमण मुक्त भएको छ ।
अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा ७१ हजार तीन सय एक सक्रिय सङ्क्रमित रहेका छन् ।