Sky Dainik आइतबार, जेठ २३, २०७८

२३ जेठ, काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ६ सय ३६ जना संक्रमण मुक्त भएका छन् । योसँगै ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ९९ जनाले कोरोना संक्रमितबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ८ सय ९८ पुगेको छ । १० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २८ दशमलव ९ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
यहाँ कमेन्ट गर्नुहोस्