नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

Sky Dainik शुक्रबार, जेठ २१, २०७८

२१ जेठ, काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । र ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार सात सय ३१ पुगेको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जना गरी ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

 

यस्तै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । योसँगै १० वर्ष मुनिका १ सय २६ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्