काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा लम्बाइने तयारी , अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुने

Sky Dainik बुधबार, जेठ १९, २०७८

१९ जेठ, काठमाडौं – काठमाडौं उपत्यकामा आउँदो जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले पुन तयारी गरेका हुन् ।

यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ २० गतेसम्म पुर्‍याइएको थियो । सो आदेशलाई थप कडा पारि जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ । २० गतेपछिको निषेधाज्ञामा उपत्यकामा बन्द गरिएको किराना पसल तथा डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म खुल्ला गर्ने र सार्वजनिक निमार्णलाई पनि खुल्ला गर्ने निर्णय भएको छ ।

यस्तै सामाग्री ओसार पसार गर्ने ढुवानीका सवारी–साधन समेत रोकिएका थिए । उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीका अनुुसार निमार्ण सामाग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरिएको छ । उनका अनुसार निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको र अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्