Sky Dainik बुधबार, जेठ १९, २०७८

१९ जेठ, चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित वाडभन्ज्याङमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यो लकडाउनको अवस्थामा कुनै पनि विरामिको रगतको अभावले उपचारमा समस्या नहोस भन्ने उद्देश्यले चन्द्रागिरि सरोकार समाजले वाडभन्ज्याङ युवा समाजको सहकार्य र रक्त संचार सेवा भक्तपुरको प्राविधिक सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो ।
पुर्ण स्वास्थ्य मापदण्डलाइ पालना गर्दै आयोजित कार्यक्रममा नौ जना महिला र पच्चिस जना पुरुष गरि जम्मा चौतिस जना रक्तदाता हरुले रक्तदान गर्नु भएको संस्थाका अध्यक्ष सरोज कुमार थापाले बताउनु भएको छ । बिभिन्न सामाजिक कार्य गर्दै आएको यस संस्थाले अघिल्लो वर्षको लकडाउनमा पनि चन्द्रागिरि नगर क्षेत्रका दुई स्थानमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
रगतको अभावले कुनै पनि व्यतिले ज्यान गुमाउनु नपरोस भनेर यस क्षेत्रमा अन्य स्थानमा पनि यस्तो कार्यक्रम गर्ने अध्यक्ष सरोज कुमार थापाको भनाइ रहेको छ । कोरोना माहमारीका कारण सृजित विषम परिस्थितिले हाल उपत्यकामा रगतको चरम अभाव भएको हुनाले आदरणिय सम्पुर्ण आआफ्नो स्थानमा रक्तदान गर्नका लागी कार्यक्रमका संयोजक तथा संस्थाका सचिव किरण पोखरेलले आह्वान गर्नु भएको छ ।