चीनबाट ८ लाख डोज भ्याक्सिन नेपाल ल्याइयो , थप एक लाख भ्याक्सिन आजै आउँदै

Sky Dainik मंगलबार, जेठ १८, २०७८


१८ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसो काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले सवा १ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याईपुराएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । र चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो ।

स्वास्थ्य मन्त्रालयको अनुसार आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने छ । चीनले अहिले उपलब्ध गराएको भेरोसेल खोप उच्च जोखिम समूहमा रहेकालाई उपलब्ध गराइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार ६५ वर्षमाथि नौ लाखभन्दा बढी र झन्डै साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो मात्रा खोपको पर्खाइमा रहेका छन् । र ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्