Sky Dainik सोमबार, बैशाख २७, २०७८

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि नैतिकता देखाउन नसकेको बताउनुभयो । संविधानमै नभएको व्यास्थाअनुसार प्रतिनिधि सभा विघटन गरेको र धेरै पटक गैरकानुनी कदम अघि बढाएको सभापति देउवाको भनाइ रहेको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले ओलीलाई संविधान नै मै हुँ भन्रे लागेको आरोप लगाउदै उँहाले प्रधानमन्त्री ओलीसँग नैतिकता भएको भए सर्वोच्च अदालतले संसद् बिउँताइदिएको दिन नै उहाँले पदबाट राजीनामा दिनुपर्ने देउवाले बताउनुभयो ।
यो सरकारको गठनपछि देशमा शान्ति, सुरक्षाको अवस्था खस्कँदै गएको भन्दै उहाँले अपराधीहरूको मनोबल बढाउने काममा अग्रसर भएको आरोप समेत लगााउनु भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्